काठमाडौँ , कातिक २७ / नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द  गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।  

टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जाने मन्त्री शर्माले बताइन् ।  यसको कार्यान्वयनका लागि सञ्चार मन्त्रालयले आवश्यक पहल गर्ने उनले बताइन् ।