ठोस खबर / धनुषाधाम नगरपालिकाबाट ईलामको पर्यटकिय क्षेत्र कन्याम भ्रमणमा आएको बस कन्याम घुमेर फर्कँदै गर्दा अाज अाईतबार ईलामको कोल्बुङ्ग सडक खण्डमा दुर्घटना भएको छ ।

मेची राजमार्ग अन्तर्गत इलामको रोङ गाउँपालिका वडा नं ३, कोल्बुङ सडक खण्डमा ना६ख ८४२४ नम्बरको बस सडकबाट ३०० मिटर तल खसेको थियो । दुर्घटनामा एक बालकको मृत्यु  भएको र ३६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिकाका १२ वर्षीय अर्पण लामा छन् । उनको मृत्यु भएको घटनस्थलमा उद्धारमा खटिएका जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश जबेगुले जानकारी गराएका छन ।