गौरादहमा सिटीसफारी र मिनी ट्रक एक आपसमा ठक्कर खादा एकको मृत्युु

गौरादह / झापाको गौरादह स्थित कार्कीचोकमा आज ( मंगलबार ) सिटीसफारी र मिनी ट्रक एक आपसमा ठक्कर खाई भएको दुर्घटनामा एकको मृत्यु भएको छ ।
गौरादह डिपु चोकबाट गौरादह ३ बरगाछी तर्फ जादै गरेको सिटी सफारीलाई पानी कम्पनी बेलाको गाडीले पछाडीबाट ठक्कर दिदा दुबै सवारी पल्टिएका थिए ।
दुर्घटनामा सिटी चालक गौरादह २ का अन्दाजी ५० वर्षीय रघुनाथ काफ्लेको मृत्यु भएको छ भने अन्य घाइते रहेको प्रहरीले जनाएको छ ।
सिटीमा सवार भएका २ जना मध्ये १ जनाको अवस्था सामान्य रहेको र अन्य एक जनालाइ थप उपचारका लागि निम्स अस्पताल दमक लगिएको जनाइएको छ । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
