झापा / झापाको चन्द्रगढी–चारआली सडक खण्डको छेउमा बनाईएको नालीमा एक युवक मृत फेला परेका छन् ।

चारअालिको आइतबारे हटिया नजिक सडक छेउको पूर्वपट्टि नालीमा तत्काल नाम ,थर, वतन नखुलेको अन्दाजी वर्ष ३५ का पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

स्थानीयले नालिमा मृत अवस्था मानिस देखेपछि अाईतबार दिउँसो ३:२० बजेको समयमा प्रहरी चौकी चारआलीमा जानकारी गराएका थिए ।

स्थानीयले प्रहरी चौकीमा जानकारी गराउनासाथ प्रहरी टोली उक्त स्थानमा पुगी सवलाई साँझ ५:१० बजे पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले वताएका छन ।